भूपति बज्र लामाले बौद्धनाथमा रजाइँ गरे : अध्यक्ष लामा (भिडियोसहित) « Nagarik Khabar

भूपति बज्र लामाले बौद्धनाथमा रजाइँ गरे : अध्यक्ष लामा (भिडियोसहित)



काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ क्षेत्रमा स्थानीय र भूपति ब्रज लामाबीच विवाद चुलिएको छ। दुई पक्षबीच लामो समयदेखि रहँदै आएको विवाद छ । बौद्धनाथको प्रमुख लामा चिनियाँ लामा भूपति बज्र नियुक्ति भएसँगै विवाद शुरु भएको हो ।

चिनियाँ लामाले बौद्धनाथलाई पैतृक सम्पत्ति रुपमा लिने गरेकाले भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । लामाले आफू बौद्धका प्रमुख लामा भएको भन्दै आफुखुशी गतिविधि गर्दै आएको स्थानीयको आरोप छ ।

‘बौद्ध क्षेत्रको सम्पदा कसैको निजी सम्पत्ति होइन । यो विश्वकै सम्पदा हो,’ बौद्ध बचाउ संघर्ष समितिका अध्यक्ष खड्गजित लामाले भन्छन्, ‘तर, यहाँका मुख्य लामाले पैतृक सम्पत्तीका रुपमा लिने गरेका छन् ।’ स्थानीय र यहाँ रहेका संघसंस्थासँग समन्वय नै नगरेर लामाले बौद्धनाथ क्षेत्रमा जेनेरेटर राख्ने, स्तुपा प्वाँल पार्ने, गुठीको जग्गा हड्प्नेजस्ता काम गर्दै आइरहेको अध्यक्ष लामाको आरोप छ ।

बज्र लामाले बौद्धनाथ क्षेत्रमा स्थानीयलाई अप्रत्यक्ष रुपमा बन्देज गरेको, ठूल–ठूला पूजामा अवरोध गर्ने, पूजा नै हुन नदिने गरेको स्थानीयको दाबी छ । ‘ लामाले मनपरी गर्दै आएका छन्,’ खड्गजित भन्छन्, ‘उहाँको यो गतिविधि बौद्ध धर्मसँग सम्बन्धित छैन । भूपति बज्र अहंकारी हुनुहुन्छ ।’ लामाकै कारण ९० रोपनी जग्गा सकिएको उनको दाबी छ । 

बौद्धका स्थानीयले बालचदुर्शी तिथिका दिन र दशैंपछि हुने ठूलो शान्ति पूजा गर्ने परम्परा छ । उक्त पूजामा समेत भूपति बज्र लामाले अवरोध पुर्‍याउँदै आएको स्थानीयको दाबी छ ।

बज्र लामाले छ्योमी घरमा समेत विवाद गर्दै आइरहेको बताइएको छ । ‘बौद्धको अजिमाको मन्दिर स्थानीयले निर्माण गरेका हुन् । उहाँले कसरी हालीमुहाली गर्न पाउँछ ?’ खड्गजित भन्छन्, ‘उहाँले हरेक सम्पदा र जग्गा हडप्ने कामभन्दा केही गर्न सक्नु भएको छैन । यसकारण हामी उहाँको विरुद्धमा छौं ।’

स्थानीयले आफ्नो विरोध गरे बज्र लामाले विदेश घुमाउने प्रलोभन देखाउँदै आफ्नो पक्षमा पार्ने गरेको स्थानीयहरु बताउँछन् । 

संघर्ष समिति 

बज्र लामाले मनपरी गरेको भन्दै ३२ वटा संस्थाले बौद्ध बचाउ संघर्ष समिति गठन गरेका छन् । समितिमा यहाँको आधिकारिक र कानूनी मान्यता प्राप्त स्थानीय संघ संस्थाहरु छन् । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: