सांसद यादवको आरोप- सरकारले संसदीय मर्यादा उल्लंघन गर्‍यो « Nagarik Khabar

सांसद यादवको आरोप- सरकारले संसदीय मर्यादा उल्लंघन गर्‍यो



काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद रामबाबु यादवले सरकारले संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसद यादवले दुई तिहाईको बलमा सरकारले विपक्षीमाथि बल मिच्याई गरेको बताए ।

संसदीय मर्यादा उलंघनका सम्बन्धमा केही दिन देखि संसदमा सत्तापक्ष र विपक्षीका सांसदहरुबीच आरोप प्रत्यारोप चल्ने उनको भनाइ थियो । ‘सरकारले संसदीय मर्यादालाई मान्नु पर्छ कि पर्दैन ?’ सांसद यादवको प्रश्न थियो ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखले सरकारलाई निर्देशन गरिसक्दा पनि अझै कार्यान्वयन नभएको भन्दै उनले रोष प्रकट गरे । सरकारले सभामुखको निर्देशन नमानेको तथा संसदीय समितिले दिएको निर्देशनलाई विभागीय मन्त्रीले सार्वजनिक रुपमा चुनौति दिँदै हिडेको उल्लेख गर्दे उनले संसदीय मूल्य र मान्यता कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: