एजेन्सी । अमिताभ बच्चन र आयुष्मान खुराना छिट्टै नयाँ फिल्ममा देखिने भएका छन् ।
फिल्म बुलाबो सिताबोमा अमिताभ र आयुष्मान एक साथ देखिने भएका हुन् ।
फिल्म मेकर्सले हालै यस फिल्मको घोषणा गरेका हुन् । समाचार अनुसार, यो फिल्म ‘कमेडी फिल्म’ हुनेछ । फिल्मलाई शूजित सरकारले निर्देशन गर्ने छन् ।
अभिताभ बच्चनको पहिलो लुक सार्वजनिक गरिएको छ । पहिलो लुकमा महानायक अमिताभ बच्चन ‘खडूस बुढा’को भूमिकामा देखिएका छन् । सामाजिक सञ्जालमा अमिताभको यो लुक्स भाइरल भइरहेको छ ।
फिल्म २४ अप्रिल २०२० मा रिलिज हुनेछ ।