कांग्रेसले बेलायो असार २२ मा बैठक, के छ छलफलको विषय ? « Nagarik Khabar

कांग्रेसले बेलायो असार २२ मा बैठक, के छ छलफलको विषय ?



काठमाडौं । नेपाली कांग्रेसले विधान र नियमावलीबारे छलफल गर्न असार २२ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

बैठक आइतबार बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । बैठककमा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुलाई उपस्थित हुन निर्देशन दिइएको छ ।

बैठकमा छलफलका लागि नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, २०७६, राष्ट्रिय जागरण अभियान, पहिलो चरणको कार्यक्रमको समीक्षा, भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयीक राजनीतिक विषय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: