संसदीय समितिमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधन गर्ने विधेयक « Nagarik Khabar

संसदीय समितिमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधन गर्ने विधेयक



काठमाडौं । संघीय संसदको महिला तथा सामाजिक समितिमा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक’ माथिको प्रारम्भिक छलफल सुरु भएको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा उक्त विधेयकमाथिको प्रारम्भिक छलफल सुरु गरिएको हो । छलफलमा भाग लिँदै समितिका सदस्यहरुले विज्ञहरुसँग पनि छलफल गरेर विधेयकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

समितिकी सभापति निरुदेवी पालले सो विधेयकका विषयमा विज्ञहरुसँग पनि छलफल गर्ने जानकारी दिइन् । उनले विज्ञहरुसँग छलफल गर्नु अघि संशोधनकर्ता सांसदहरुको पनि धारणा लिने स्पष्ट पारिन् ।

समितिकी सदस्य अमृता थापाले सरोकारवालाहरुको सुझाव लिएर मात्रै विधेयकलाई टुंगो लगाउनुपर्ने आवश्यकता औंल्याए । उनले जेष्ठ नागरिक समाजको सम्मानित नागरिक भएकाले उनीहरुको उचित सम्मान हुने गरी कानुन बनाउनुपर्नेमा जोड दिए ।

सरकारले ल्याएको उक्त विधेयकमा असहाय ज्येष्ठ नागरिकको विशेष संरक्षण गर्ने प्रावधान राखिएको छ । त्यसैगरी उनीहरुको हेरचाह आफ्नो सन्तानले नगरे पालनपोषण गर्ने अरुलाई नै ज्येष्ठ नागरिकको सम्पत्ति दिन पाउने व्यवस्था पनि गरिएको छ ।

स्थानीय तहको न्यायिक समितिले आवश्यकताको आधारमा सो निर्णय सक्ने पनि विधेयकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: