छुरा प्रहार गरेको आरोपमा लोकन्थलीबाट दुईजना पक्राउ « Nagarik Khabar

छुरा प्रहार गरेको आरोपमा लोकन्थलीबाट दुईजना पक्राउ



काठमाडौं । प्रहरीले लोकन्थलीबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई जडिबुटी काठमाडौंमा २४ वर्षीय सुवास बुढाथोकीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ गरेको हो ।

जडिबुटीमा बुढाथोकीलाई छुरा प्रहार गरी फरार भएका दोलखा गौरीमुढी घर भई कोटेश्वर बस्ने १९ वर्षीय डिम्पल घिसिङ र सिनामंगल काठमाडौं बस्ने २० वर्षीय आशिष वयलकोटी रहेको प्रहरीको भनाइ छ । उनीहरुलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

बुढाथोकीलाई अपरिचित व्यक्तिले छुरा प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट प्रहरी खटिएको थियो । प्रहरीको उक्त टोलीले घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा लोकन्थलीबाट घटना भएको ४ घण्टाभित्रै उनीहरुलाई छुरा सहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

घाइते बुढाथोकीको ट्रमा सेन्टरमा उपचार भइरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: