फेन्सिङ अध्यक्षमा सुनिललाई निरन्तरता « Nagarik Khabar

फेन्सिङ अध्यक्षमा सुनिललाई निरन्तरता



काठमाडौं । नेपाल फेन्सिङ संघको अध्यक्षमा सुनिलकुमार श्रेष्ठले निरन्तरता पाएका छन् । शुक्रबार राजधानीमा भएको संघको दोस्रो निर्वाचन साधारण सभाले अध्यक्षमा श्रेष्ठलाई नै निरन्तरता दिँदै नयाँ कार्यसमिति चयन गरेको हो ।

१७ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा निराकार मान सिंह रेग्मी, नारायण प्रसाद पौडेल, देवेन्द्र प्रसाद श्रेष्ठ र हेल्गा राणा रायमाझी रहेका छन् । यस्तै महासचिवमा सुजनलाल श्रेष्ठ रहेका छन् भने सचिवमा अभिषेक कार्की र कोषाध्यक्षमा अनुप कपाली रहेका छन् ।

यस्तै संघको सदस्यहरूमा सतिषराम बैद्य, राजेन्द्र श्रेष्ठ, रेखमाया गुरुङ, सबिन मानन्धर, प्रविणलाल नापित, रुविन मानन्धर, हरिस पन्त, ज्ञान बहादुर तामाङ र सुरेन्द्र चौधरी रहेका छन् ।

कार्यसमितिका सदस्यहरुलाई निर्वाचन अधिकृत चन्द्रकुमार राईले पद तथा गोपनियताको शपथ गराएका थिए । संघको नवनिर्वाचित कार्यसमितिको बैठकले बिजय शाहीलाई उपाध्यक्षमा मनोनित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: