जिल्ला अदालतका डिठ्ठा घुससहित पक्राउ « Nagarik Khabar

जिल्ला अदालतका डिठ्ठा घुससहित पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला अदालत कलैया, बाराका डिठ्ठा (खरिदार) सुनिल चौधरीलाई घुससहित नियन्त्रणमा लिएको छ ।

डिठ्ठा चौधरीले अदालतको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्नुपर्नेमा विभिन्न वाहनामा सेवाग्राहीसँग घुस माग्ने गरेको अख्तियारले जनाएको छ ।

चौधरीले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारको कार्यालय हेटौंडाबाट खटिएको टोलीले १८ हजार घुससहित नियन्त्रणमा लिएको जनाएको छ ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा, मकवानपुरबाट खटिई गएको टोलीले निज सुनिल चौधरीलाई सेवाग्राहीसँग रू.१८,०००।– (अक्षरुपी अठार हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित कलैया उपमहानगरपालिका वडा नं. ४ स्थित अदालत अगाडिको चियापसलबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: