समता अस्पताल प्रकरण: पीडितलाई न्याय दिलाउने आङकाजीको आश्वासन(भिडियो) « Nagarik Khabar

समता अस्पताल प्रकरण: पीडितलाई न्याय दिलाउने आङकाजीको आश्वासन(भिडियो)



काठमाडौं । आदिवासी जनजाति नेता आङकाजी शेर्पाले समता अस्पताल प्रकरणमा पीडित पक्षलाई न्याय दिलाउने आश्वासन दिएका छन् । समता अस्पतालमा झुन्डिएको अवस्थामा भेटिएको विमला तामाङको परिवारसँग भेटघाट गर्दै उनले न्याय दिलाउने आश्वासन दिएका हुन् ।

शर्पाले शुक्रबार पीडित परिवार र आफन्तसँगको छलफलमा समता अस्पताल प्रकरणको तथ्यगत बुझेर न्याय दिलाउन सक्दो सहयोग गर्ने बताए । उनले आफ्नै निवासमा बोलाएर पीडित पक्षसँग घटनाको चासो लिएका थिए ।

‘ यदि बिमलाले आत्माहत्या गरेको भए, मृतकको मोबाइल स्टाफको हातमा कसरी आयो । यतिमात्रै होइन भित्र झुन्डिएको लास अनि बाहिरबाट कस्ले चाबी लायो,’ उनले भने,‘मृतकको गोजिमा फेरी रहस्यमय तीन जनाको नाम भएको कागज कसरी भेटियो । यसकारण हामीले यस विषयमा तथ्यगत अनुसन्धान गर्नका लागि पहल गर्नुपर्छ । र न्याय पाउँनु पर्छ।’

शेर्पाको निवासमा भएको भेटघाटमा नेपाल तामाङ घेदुङका केन्द्रीय महासचिव बाबु घिसिङले यस विषयमा आफूहरु गम्भीर भएर लागेको बताएका थिए । पीडित पक्षलाई न्याय दिलाउने क्रममा सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: