निषेधित क्षेत्रमा पार्किङ किन ? « Nagarik Khabar

निषेधित क्षेत्रमा पार्किङ किन ?



काठमाडौं । सिनामंगलस्थित केएमसि हस्पिटल नजिकै ट्राफिक प्रहरीले बा ५ च ५४५४ सवारीलाई लक लगाएको छ । पार्किङ निषेधित क्षेत्रमा सवारी पार्क गरिएको भन्दै प्रहरीले सवारीमा लक लगाएको हो ।

ट्राफिक प्रहरी मनिता श्रेष्ठले भनिन,‘निषेधित क्षेत्रमा विहानैदेखि यो गाडी पार्क गरेर राखिएको छ । धेरैं पटक सिठि बजायौं । तर, कोही नआएपछि लक लगाएको हो ।’

उनका अनुसार पार्किङ निषेधित क्षेत्रमा पार्क गरिएमा ठूला सवारीलाई एक हजार चिट काट्ने व्यवस्था छ । सुरक्षा र ट्राफिक व्यवस्थापनका दृष्टिले गाडीलाई सडकमा पार्किङ गर्नु हुँदैन ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: