सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ६५ हजार « Nagarik Khabar

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ६५ हजार



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुनको भाउ प्रतितोला ६५ हजार पुगेको थियो । बुधबार ६३ हजारमा कारोबार भएको छापावाल सुन बिहीबार ६४ हजार र शुक्रबार प्रतितोलाको ६५ हजार पुगेको हो।

तेजाबी सुनको मूल्य समेत हजार रुपैयाँ नै बढेको छ। बुधबार ६२ हजार ७०५ रुपैयाँमा कारोबार भएको तेजाबी सुन बिहीबार ६३ हजार ७६० र र शुक्रबार ६४ हजार ७०० रुपैयाँ पुगेको छ ।

सुनको मूल्य बढेपछि खरिद गर्नेको संख्या ह्वात्तै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। असार विवाहको महिनासमेत मानिन्छ। बजेट भाषणअघि ५९ हजारमा कारोबार भएको सुन त्यसपछि एक हजार रुपैयाँ बढेको थियो। त्यसपछि शुक्रबारसम्म बढ्नेक्रम जारी छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपालमा सुनको मूल्य बढेको सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: