श्रीलंकाको कमजोर ब्याटिङ, इङ्ल्यान्डलाई २३३ रनको लक्ष्य « Nagarik Khabar

श्रीलंकाको कमजोर ब्याटिङ, इङ्ल्यान्डलाई २३३ रनको लक्ष्य



लण्डन । एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत श्रीलंकाले इङ्ल्यान्डविरूद्ध जारी खेलमा कमजोर ब्याटिङ प्रदर्शन गरेको छ । हेडिङ्ले लिड्समा टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेको श्रीलंकाले आयोजक टोली इङ्ल्यान्डसामु दुईसय ३३ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

श्रीलंकाले निर्धारित ५० ओभरमा नौं विकेट गुमाएर दुईसय ३२ रनको योगफल तय गरेको हो । श्रीलंकाका लागि एञ्जेलो म्याथुजले अविजित ८५ रनको योगदान गर्न बाहेक अन्य खेलाडी क्रिजमा लामो समय टिक्न सकेनन् । म्याथुजले आफ्नो पारीमा एक छक्का र पाँच चौका प्रहार गरेका थिए ।

अभिस्का फर्नान्डोले ४९, कुशल मेन्डिसले ४६ र धनन्जय डी सिल्भाले २९ रनको योगदान दिएका थिए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । श्रीलंकालाई सस्तो योगफलमा समेट्न इङ्ल्यान्डका जोफ्रा आर्चर र मार्क उडले तीन/तीन विकेट लिए । अदिल रशिदले दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: