आलोचना बढ्दै गएपछि द्वारिकलाल चौधरीले माफी मागे « Nagarik Khabar

आलोचना बढ्दै गएपछि द्वारिकलाल चौधरीले माफी मागे



काठमाडौं । महिलाविरुद्ध आक्षेप लाग्ने अभिव्यक्ति दिएको भन्दै चर्काे आलोचना भएपछि इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले माफी मागेका छन् ।

शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै चौधरीले आफूले बोलेका शब्दले चोट पर्न गएकामा क्षमा मागेका हुन् । ‘म सदैव महिला दिदी बहिनीप्रति सम्मान गर्न चाहन्छु,’ मेयर चोधरीले विज्ञप्तिमा भनेका छन्, ‘तथापी सो कार्यक्रममा मैले बोलेका केही शब्दहरुले देश विदेशमा रहेका तमाम नेपाली आमा दिदी बहिनीको भावनामा चोट पर्न गएकोमा दुःख व्यक्त गर्दै क्षमा याचना गर्दछु ।’

इटहरीको समृद्धिका लागि सबै पक्षको साथ र सहयोगको पनि उनले अपेक्षा गरेका छन् । ‘इटहरीको समृद्धि र विकास महिला दिदी बहिनीहरुको समेत साथ सहयोगबिना सम्भव छैन,’ उनले भनेका छन्, ‘त्यसका लागि अहिलेसम्म यहाँहरुले खेल्नुभएको भूमिकाप्रति आभार प्रकट गर्दै अवाञ्छित यौनजन्य गतिविधिको अन्त्य गरी इटहरीको विकास र समृद्धिमा यहाँहरुको महत्वपूर्ण साथ सयोगका लागि हार्दिक आह्वान गर्दछु ।’

केही दिन पहिलेमात्रै एक सार्वजनिक कार्यक्रममा महिलामाथि आक्षेप लाग्ने अभिव्यक्ति दिएपछि उनको चर्काे आलोचना भएको थियो । पत्रकारमाथि दुव्र्यवहार गरेको र धम्क्याएको भन्दै पछिल्लो समय सामाजिक सञ्जालहरुमा उनको व्यापक चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: