निलम्बित सांसद रेशम चौधरी बिरामी, अस्पतालमै लगाइयो नेल « Nagarik Khabar

निलम्बित सांसद रेशम चौधरी बिरामी, अस्पतालमै लगाइयो नेल



काठमाडौं । प्रतिनिधिसभाका निलम्बित सांसद रेशम चौधरी अस्पताल भर्ना भएका छन् । फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि उनी बिहीबारदेखि वीर अस्पताल भर्ना भएका हुन् ।

रेशमका भाइ मिठुलालका अनुसार बिरामी रहेका उनलाई स्वास फेर्न र हिँडडुल गर्न गाह्रो भएकाले अस्पताल भर्ना गरिएको हो । उनलाई अस्पतालमा प्रहरी र आफन्तले कुरिरहेका छन् । रेशमलाई अस्पतालमा खुट्टामा नेल लगाइएको छ ।

कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एसएसपी र नाबालकसहित नौ जनाको हत्यामा संलग्नता रहेको ठहर गर्दै जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: