प्राविधिक सल्लाहकार बनेर चेल्सी फर्किए चेक « Nagarik Khabar

प्राविधिक सल्लाहकार बनेर चेल्सी फर्किए चेक



लण्डन । चेल्सीले आफ्ना पूर्वगोलरक्षक पिटर चेकलाई क्लबको प्राविधिक र प्रदर्शन सल्लाहकारको रुपमा नियुक्त गर्दै पुनः क्लबमा भित्राएको छ । चेकले गएको सिजनसम्म आर्सनलबाट व्यवसायीक फुटबल खेलेका थिए ।

लामो समय चेल्सीबाट व्यवसायीक फुटबल खेलेका चेकलाई क्ल्बले पुनः व्यवस्थापकको रुपमा क्लब फर्काएको हो । चेल्सीले प्राविधिक र प्रदर्शन सल्लाहकारको रुपमा चेकले क्लबमा सिनियर र जुनियर टोली तथा क्लबको विभिन्न विभागबीचको सम्बन्ध सुधारका लागि काम गर्ने जनाएको छ ।

उनले क्लबका निर्देशक मारिना ग्रानोभ्सकाइयाको नजिक रहेर काम गर्ने छन् । ३७ वर्षिय चेकले चेल्सीबाट चार प्रिमियर लिग र चार एफए कपको उपाधि जितेका छन् । उनले चेल्सीबाटै सन् २०१२ को युरोपियन च्याम्पियन्स लिगको उपाधिसमेत जितेका छन् ।

उनी सन् २०१५ मा चेल्सी छाडेर आर्सनल पुगेका थिए । आर्सनलमा चार वर्ष विताएपछि उनी फेरि चेल्सी फर्किएका हुन् । चेक रिपब्लिकका चेकले राष्ट्रिय टोलीबाट एकसय २४ खेल खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: