सामाजिक सञ्जालमा हदै कठोर बन्दै सरकार « Nagarik Khabar

सामाजिक सञ्जालमा हदै कठोर बन्दै सरकार



काठमाडौं । सरकारले सामाजिक सञ्जाल नियन्त्रणका लागि ल्याएको विधेयकले नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने देखिएको छ ।

संसदीय समितिले सरकारले ल्याएको विधेयकलाई थप कडा बनाएपछि यस्तो अवस्था आउने देखिएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

विधेयकको व्यापक विरोध भएपछि त्यसलाई विकास तथा प्रविधि समितिमा छलफलका लागि पठाइएको थियो । फागुनमा समितिमा पुगेको विधेयकमाथि छलफल गर्न उपसमिति गठन गरिएको थियो ।

उपसमितिले हालै बुझाएको प्रतिवेदनमा अभिव्यक्ति स्वतन्त्रताको हकमा बढी कठोर प्राबधान राखिएको छ ।

प्रस्तावित विधेयकमाथि एक ठाउँमा सजाय घटाएजस्तो गरी अर्को ठाउँमा व्यापक रुपमा बढाएर उपसमितिले प्रतिवेदन तयार गरेको छ ।

विधेयमाथिको संशोधनमा मौलिक अधिकार हनन हुने कुरालाई खारेज गर्न प्रस्ताव दर्ता गरे पन ित्यसको कुनै सुनुवाइ गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: