काठमाडौं । सरकारले स्थानीय तहको योजना तथा बजेट तर्जुमाका लागि समयावधि तालिका सार्वजनिक गरेको छ ।
स्थानीय तहले १० असारभित्र प्रक्रियागत रुपमा बजेट पारित नगरे केन्द्रले दिने आर्थिक सहयोग रोक्ने चेतावनी दिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्तत्रालयले यस विषयमा देशभरका ७५३ वटै स्थानीय तहलाई परिपत्र गरिसकेको समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
मन्त्रालयले समयावधिभित्र नै संविधान र कानुनअनुरुप प्रक्रियागत बजेट निर्माण गरी कार्यान्वयनमा ल्याउन परिपत्र गरेको हो ।