सन्दीपको अर्को छलाङ : ६० हजार डलरमा आबद्ध « Nagarik Khabar

सन्दीपको अर्को छलाङ : ६० हजार डलरमा आबद्ध



काठमाडौं । ग्लोबल टीट्वेन्टी क्यानडा क्रिकेटको दोस्रो संस्करणमा चर्चित लेगस्पिनर सन्दीप लामिछाने सहभागि हुने भएका छन् । आजको अन्नपूर्ण पोस्टले पहिलो पृष्ठमा समाचार छापेको छ ।

टोरन्टो नेसनल्सले १८ बर्षीय सन्दीपलाई ६० हजार अमेरिकी डलर (६६ लाख ५० हजारभन्दा बढी नेपाली रुपैयाँ)मा आबद्ध गरेको हो ।

सन्दीपले अघिल्लो वर्ष मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए। त्यतिबेला मोन्ट्रियल टाइगर्सले सन्दीपलाई ४० हजार अमेरिकी डलरमा आबद्ध गरेको थियो।

सन्दीपले इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, अस्ट्रेलियन बिग बास लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिगलगायतका फ्रेन्चाइज क्रिकेट प्रतियोगिता खेलिसकेका छन्।

सन्दीपसँगै अर्का नेपाली खेलाडी सोमपाल कामीले पनि उक्त प्रतियोगितामा भाग लिनेछन्। प्रतियोगिता आगामी जुलाई २५ देखि अगस्त ११ तारिखसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: