काठमाडौं । गायिका निशु ढकालको नयाँ गीत सार्वजनिक भएको छ । निशुको ‘बर्षदिन भयो परदेश गाको’ बोलको गीत सार्वजनिक भएको हो ।
गीतले समसामयिक वास्तविकतालाई उजागर गरेको छ । बाध्यताका कारण श्रीमान विदेशिएको प्रशंग गीतमा प्रस्तुत गरिएको छ ।
आफ्नो प्यारो श्रीमान साथमा नहुँदा श्रीमतीको मनमा उत्पन्न हुने अनेक पीडा गीतमा देखाइएको छ । नेपाली समाजको वास्तविक समस्या यस गीत (भिडियो) ले उजागर गर्न सफल भएको छ ।
यस गीतको शब्द, संगीत तथा संगीत संयोजन नविन के तिमिल्सिनाले गरेका हुन् । निर्देशन तथा सम्पादन पनि नविनले नै गरेका हुन् । सुनिल शाहीले खिचेको भिडियोमा स्मारिका र किशोरले अभिनय गरेका छन् ।