गर्मी मौसममा हुने स्वास्थ्य समस्याबाट कसरी जोगिने ? (भिडियोसहित) « Nagarik Khabar

गर्मी मौसममा हुने स्वास्थ्य समस्याबाट कसरी जोगिने ? (भिडियोसहित)



काठमाडौं । गर्मी मौसममा भौगोलिक अवस्था र वातावरणीय प्रभावले भिन्नभिन्न स्वास्थ्य समस्या देखिन्छन् । खासगरी मौसमी भाइरलसंगै अन्य सरुवा रोगको समस्या हुन्छ । गर्मी मौसममा चिसो मौसममा जस्तो धेरै खाना खान सकिदैन । खाएको अवस्थामा पनि पाचनमा समेत समस्या आउँछ । जुनसुकै मौसम भएपनि धुँवा धुलोले रोगलाई फैलाउन र लाग्न सहयोग गरिरहेको छ ।

गर्मी मौसममा झाडापखला, आउँ, हैजा, टाइफाइड, मलेरिया, कालाज्वर, डेंगु, हेपाटाइटिस लगायतका स्वास्थ्य समस्या देखिन्छन् । खाना, पानी, बसाइ र कपडा लगायतका विषयमा हामीले ध्यान नदिदा यस्ता समस्या आउने गरेका छन् । बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिला यस्ता स्वास्थ्य समस्याबाट चाँडो ग्रसित हुन्छन् ।

वातावरणमा तापक्रम बढेपछि हाम्रो शरीरमा पनि पानीको मात्रा घट्न थाल्छ । अत्यधिक तातोले खानेकुरा खान मन नलाग्ने, खाएको पचाउन पनि समस्या हुने, छालामा घमाउरा लगायतका खटिरा आउने लगायतका स्वास्थ्य समस्या त झन धेरैलाईनै देखिन्छ । शरीरबाट पसिना धेरै आएपछि शरीर सिथिल हुने, टाउको दुख्ने लगायतका अन्य स्वास्थ्य समस्या समेत देखिन्छ ।

पसिना वा अन्य कारणले शरीरमा पानीको मात्रा कम भएपछि ब्लड प्रेसरमा समेत समस्या आउँछ । निरन्तर वान्ता भए, पिसाब कम भएमा, शरीर काप्ने, बेसुर भएमा चिकित्सकलाई देखाउनु पर्छ । गर्मी मौसममा सफा तर झोलिलो पदार्थ खानु पर्छ । गर्मी मौसममा सकभर बाहिर हिडडुल गर्नु हुँदैन । हिड्नु पर्ने अवस्था आएमा धेरै पानी पिउने र छाता ओडेर हिड्नु पर्छ ।

चिसो मौसममा भन्दा गर्मी मौसममा स्वास्थ्य समस्या धेरै हुन्छन् । बिरामीलाई समस्या आएको अवस्थामा पहिलो प्राथमिक उपचारको रुपमा बिरामीलाई तातोबाट चिसो ठाउँमा सार्नु पर्छ । प्रत्यक्ष घाम परेर शरीरमा एजर्ली आउने, चिलाउने, फोका आउने हुँदा गर्मी मौसममा घाममा कम हिडडुल गर्न डा. कृष्णहरि खनालको सुझाब छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: