वीरगञ्ज । पर्साको सखुवाप्रसौनीमा साइकलबाट आज बिहान लडेर एक व्यक्तिको मत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, सखुवाप्रसौनी ठाउँपालिका २ पंचगावा श्रीपुर भण्डारी पुलको खोल्सामा साइकलबाट लडेर जुगेश्वर माझीको मृत्यु भएको हो ।
अन्दाजी ४५ वर्षीय माझी साइकलबाट लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
घटनास्थल पुगेर प्रहरीले लाश जाँच मुचुल्का लगायतको प्रारम्भिक अनसन्धान गरी पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाएको जनाएको छ ।