बैंककमा अन्तर्राष्ट्रिय तामाङ परिषदको सम्मेलन शुरु « Nagarik Khabar

बैंककमा अन्तर्राष्ट्रिय तामाङ परिषदको सम्मेलन शुरु



काठमाडौं । थाइल्याण्डको बैंककमा अन्तर्राष्ट्रिय तामाङ परिषद ,पुर्वी एशिया क्षेत्रीय समितिको सम्मेलन शुरु भएको छ । प्रतिनिधि सभाका सांसद एवं पुर्व युवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङले उक्त सम्मेलन उद्घाटन गरेका हुन् ।

सम्मेलनको पहिलो उद्घाटन समारोह हुने छ । दोस्रो दिन ताम्सालिङ प्रदेश, नेपाल राष्ट्र र तामाङ समाजको चौतर्फी विकासको विषयमा छलफल हुने जनाएको छ ।

कार्यक्रममा दक्षिण कोरियाका लागि नेपालका पुर्व राजदुत एवं पुर्व सांसद कमानसिंह लामा, अन्तर्राष्ट्रिय तामाङ परिषदका अध्यक्ष के.एम.तितुङ, अन्तर्रा्ष्ट्रिय तामाङ परिषद वरिष्ठ उपाध्यक्ष टासी लामा, नेपाल तामाङ घेदुङका सङ्घिय अध्यक्ष एवं परिषदका महासचिव मोहन गोले, नेपाल तामाङ घेदुङ सल्लाहकार सुजेन्द्र तामाङ, तामाङ समाज जापानका संस्थापक हवलचन्द्र लामा, नेपाल तामाङ घेदुङ हङकङका अध्यक्ष विश्वनाथ घिसिङ, तामाङ संघ दक्षिण कोरिया उपाध्यक्ष स्नेहा तामाङ, नेपाल तामाङ घेदुङ मकाउका अध्यक्ष हेमबहादुर तामाङ, तामाङ घेदुङ मलेसिया प्रतिनिधि फुर्वा मोक्तान लगायतले ताम्सालिङ प्रदेशको नामकरणको विषयमा जोड दिएको बताइएको छ ।

सम्मेलनमा पुर्वी एशिया १० देशका १ सय १० जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा नेपाल तामाङ घेदुङ केन्द्रीय भाषा विभाग प्रमुख काजिमान थिङ ,केन्द्रीय खेलकुद विभाग प्रमुख होमबहादुर लामा,नेपाल तामाङ घेदुङ सचिवालय सदस्य रामभक्त बम्जन ,तामाङ समाज युएई प्रतिनिधि सुरेन्द्र थिङ,वरिष्ठ कलाकारहरु प्रेम लोप्चन, कृष्ण वाइवा, लामा गुरु पेमा सिंतान लगायतको सहभागिता रहेको छ ।

शनिबार र आइतबार हुने सम्मेलनले अन्तर्राष्ट्रिय तामाङ परिषदको पुर्वी एशिया क्षेत्रीय समितिको गठन समेत गर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: