कैलाली । नौ ग्राम ब्राउन सुगरसहित एक साताअघि पक्राउ गरेका धनगढीका एक युवकको शक्रबार राति उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ का ३७ वर्षीय सन्जय न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
भारतबाट लागुऔषध खरिद गरी लुकाएर ल्याउँदै गर्दा कैलालीको त्रिनगर प्रहरी चेक पोस्टमा जाँचका क्रममा न्यौपाने पक्राउ परेका थिए । उनको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
न्यौपानेले ब्राउन सुगर मलद्वारभित्र प्लाष्टिकमा लुकाएर राखेको पाएपछि अस्पतालमा चिकित्सकको सहयोगमा निकालिएको प्रहरी नायब निरीक्षक बस्नेतले बताए । पक्राउ परेको दिनदेखि नै अस्पतालमा उपचार भइरहेकान्यौपाने लागुऔषध सेवनकर्ता पनि भएको बताइएको छ ।