नेकपा सचिवालय बैठक सुरु, विवाद टुंगिएला ? « Nagarik Khabar

नेकपा सचिवालय बैठक सुरु, विवाद टुंगिएला ?



काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा बैठकमा पार्टीको बाँकी सांगठनिक एकता प्रक्रिया, समसामयिक राजनीतिलगायतमा छलफल हुनेछ । दुई अध्यक्षसँग वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले स्थायी समिति बैठक बोलाउन माग गर्ने तयारी छ । तर आजको बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ुप्रकाशु भने सहभागी छैनन् ।

जिल्ला इन्चार्ज र सहइन्चार्ज, पोलिटब्यूरो गठन, जिम्मेवारी बाँडफाँट लगायतका विषयलाई टुंगोमा पुर्याउने विषयमा सचिवालय बैठकमा छलफल हुने भएको छ । दोहोरो जिम्मेवारी हुने वा नहुने भन्ने विवाद नेकपाभित्र बढ्न थालेको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीका कारण अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाउन थालेपछि नेकपामा विवाद बढ्दै गएको छ ।

सचिवालय बैठकमा समेत सधैं अल्पमतमा परेका ओलीले स्थायी समिति बैठक बोलाउन मानिरहेका छैनन् । त्यसैले आजको बैठक पनि निष्कर्षमा नपुगेर फेरि बस्नेगरी सकिने स्रोतको दावी छ । पछिल्लो समय नेकपामा वैचारिक विवाद समेत शुरु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: