तीन कम्पनीका सेयर सूचीकृत « Nagarik Khabar

तीन कम्पनीका सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा बिहिबार विभिन्न तीन कम्पनीका सेयर सूचीकृत भएका छन् ।

मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । यस्तै मिथिला लघुवित्त वित्तीय संस्थाका तीन लाख २९ हजार ८८९ कित्ता हकप्रद सेयर सूचीकृत भए ।

स्टकमा जेविल्स फाइनान्स लिमिटेडका तीन लाख ४० हजार ९५५ कित्ता हकप्रद र तीन लाख ८९ हजार २८१ कित्ता सेयर लाभांश सूचीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: