टाटा मोटर्सको मनसुन मेनिया « Nagarik Khabar

टाटा मोटर्सको मनसुन मेनिया



काठमाडौं । टाटा मोटर्स र यसको नेपाली बिक्रेता सिप्रदी ट्रेडीङ प्रलिले मनसुन मेनिया कार्यक्रम गरीरहेको छ । उक्त कार्यक्रम टाटा मोटर्सको थापाथलीस्थित सोरुममा आइतबारसम्म संचालन हुने छ ।

कार्यक्रममा ग्राहकले टाटा मोटर्सका नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतको गाडीहरु अबलोकन तथा टेष्ट ड्राइभ गर्न पाउने छन् । साथै, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्ज समेत गर्न पाउने कम्पनीले जनाएको छ ।

कार्यक्रममा नगद छुट, गाडीको एक्सचेन्जमा बिशेष सुविधा, प्रत्यक बुकिङमा स्मार्ट फोन, प्रत्येक गाडिको मुल्याङ्कनमा इन्धन सुविधा र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगायतका विशेष स्किम रहेको जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: