इन्काउन्टर संस्कृतिले कानुनी राज्यको उपहास गर्छ : अनुपराज शर्मा (भिडियोसहित) « Nagarik Khabar

इन्काउन्टर संस्कृतिले कानुनी राज्यको उपहास गर्छ : अनुपराज शर्मा (भिडियोसहित)



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले इन्काउन्टरको संस्कृति विकास हुदै जाँदा कानुनी राज्यको उपहास हुने बताएका छन् । अध्यक्ष शर्माले सरकार र मातहतका निकायलाई त्यसतर्फ सचेत बन्न सुझावसमेत दिए ।

आयोगले सनिबार राजधानीमा गरेको कार्यक्रममा शर्माले पछिल्लो समय इन्काउन्टर संस्कृति विकास हुदै गएकोमा चिन्ता व्यक्त गरे । कुनै पनि आपराधिक घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरि अपराध प्रमाणित गर्नुपर्नेमा प्रहरीले आफ्नो सजिलोका लागि इन्काउन्टर शब्द प्रयोग गरि व्यक्ति हत्या गर्ने प्रवृति बढ्दै जाँदा त्यसले कानुनलाई उपहास गर्ने उनको भनाइ थियो ।

‘इन्काउण्टर संस्कृतिको विकास भयो भने कानुनी राज्यको उपहास गर्छ,’ शर्माले भने ।

चरी, घैटे र भक्तपुरका बालक अपहरण पछि हत्यामा संलग्न दुईजनाको इन्काउन्टरमा मृत्यु भएको घटनालाई आयोगले अध्ययन गरिररहेको पनि शर्माले जानकारी दिए । पछिल्लो समय नेत्र विक्रम चन्द समुहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको इन्काउन्टरमा मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: