नेतृत्वले आत्मसमीक्षा गर्ने बेला भयो : माधव नेपाल « Nagarik Khabar

नेतृत्वले आत्मसमीक्षा गर्ने बेला भयो : माधव नेपाल



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका छन् ।

थाहा दर्शनका प्रवर्तक रुपचन्द्र बिष्टको २० औं स्मृति दिवसका अवसरमा काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले जनअपेक्षा अनुसार काम गर्न सकियो÷सकिएन भनेर राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने समय आएको उनको भनाइ थियो ।

नेता नेपालले गरीबी, अभाव, वेरोजगारी, विकृति, विसंगतीको अन्त्य गर्दै सुखी नेपाली सम्मृद्ध नेपालको चाहाना पूरा गर्न कार्य प्रगतिको समीक्षा र वहसको आवश्यकता औल्याए । आर्थिक सम्मृद्धिको नाराले मात्रै मुलुक र मुलुकबासीको चाहाना र अपेक्षा पूरा हुन नसक्ने भन्दै उनले समाजले चाहेको आवश्यकालाई नेतृत्वले बुझ्न सक्नुपर्ने बताए ।

‘आत्मसमिक्षा गर्नुपर्ने छ । साँच्चै जनताले आशा अपेक्षा गरे बमोजिम, सबैले हामीसँग माग गरे बमोजिम हामीले आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न सकिरहेका छौ ? यदि सकिरहेका छैनौ भने कसरी सकिन्छ त ? आत्मचिन्तनको खाँचो छ । आत्मनिरीक्षण र आत्मपरीक्षाको खाँचो पनि छ,’ नेता नेपालले भने ।

पूर्वप्रधानमन्त्री नेपालले जनचाहाना पूरा गर्न राजनीतिक नेतृत्वले आचरण, बानीव्यहोरा र संस्कारमा पनि परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: