रामनारायण बिडारी भन्छन्- छुल्याइँलाई राजनीतिको रुपमा बुझ्न थालियो « Nagarik Khabar

रामनारायण बिडारी भन्छन्- छुल्याइँलाई राजनीतिको रुपमा बुझ्न थालियो



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता रामनारायण बिडारीले पछिल्लो समय राजनीतिप्रति जनताको दृष्टिकोण नकारात्मक बन्दै गएको बताएका छन् ।

थाहा दर्शनका प्रवर्तक रुपचन्द्र विष्टको २० औ स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले रुपचन्द्रले परिभाषित गरेको राजनीति र वर्तमान अवस्थामा सर्वसाधरणले बुझ्ने गरेको राजनीतिमा आमुल भिन्नता भएको बताए । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति विडारीले बिष्टले जनताको हितका निम्ति गरिने नीतिको नाम राजनीति भनेर परिभाषित गर्ने गरेको उल्लेख गर्दै पछिल्लो समय ‘छुल्याइँ’लाई राजनीतिको रुपमा बुझ्ने संस्कृति विकास हुँदै गएको बताए ।

‘रुपचन्द्रले राजनीतिको व्याख्या गर्नुभयो । राज्यका जनताको हितका निम्ति गरिने नीतिको नाम राजनीति,’ उनले भने, ‘अहिले हामीले राजनीति के भन्छौ रे ? गाउँमा छुल्यार्इँ र बठ्याइँ गर्यो भने त्यो रामेले कस्तो राजनीति गरेछ यार । हामी त्यहाँ पुग्यौँ ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: