बसको ठक्करबाट झापामा एकजनाको मृत्यु « Nagarik Khabar

बसको ठक्करबाट झापामा एकजनाको मृत्यु



झापा । मेचीनगर नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको नागरडुब्बामा गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मे १ ख ७६७५ नम्बरको यात्रुवाहक बसको ठक्कर दिँदा शनिबार एक वृद्धको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार सो दुर्घटनामा मेचीनगर–९ का ६५ वर्षीय घनश्याम बड्तौलाको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ तीव्रगतिमा जाँदै गरेको अवस्थामा बसले सडकमा बड्तौलालाई ठक्कर दिएको थियो ।

चारआली प्रहरी चौकीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: