बबई नदीमा डुबेर एक युवकको मृत्यु « Nagarik Khabar

बबई नदीमा डुबेर एक युवकको मृत्यु



बर्दिया । बबई नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय, मधुवन नगरपालिका–४ ढोढरीमा सिभिल इञ्जिनीयरिङ विषयमा अध्ययनरत विद्यार्थीको बबई नदीमा डुबेर मृत्यु भएको छ ।

सुस्नयाँ गाउँपालिका–८ बैतडीका १९ वर्षका वीरेन्द्र बोहोरा नुहाउने क्रममा शुक्रबार डुबेर बेहोस भएका थिए । बेहोस बोहोराको उपचारको क्रममा शनिबार कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

दुई शिक्षकसँग ३५ विद्यार्थी अभ्यासमा पौडी खेल्न गएका थिए । पौडी खेल्न गएका बोहोराको मृत्यु भएको नमूनाका प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताए । बारबर्दिया नगरपालिका–२ स्थित डुग्रहवामा नुहाउने क्रममा डुबेर सख्त घाइते भएका बोहोराको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदनजीत महराले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: