प्रधानमन्त्रीको निर्देशनपछि खुल्यो चौधरीको नेल « Nagarik Khabar

प्रधानमन्त्रीको निर्देशनपछि खुल्यो चौधरीको नेल



काठमाडौं । कैलालीको टीकापुर घटनामा संलग्न भएको अभियोगमा जन्मकैद भोगीरहेका सांसद रेशम चौधरीको खुट्टामा लगाइएको नेल खुलेको छ ।

वीर अस्पतालमा उपचाररत चौधरीको खुट्टामा नेल बाँधिएको दृष्य सामाजिक सञ्जालमा छाएपछि प्रधनमन्त्री केपी शर्मा ओलीले उक्त नेल खोल्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि चौधरीको नेल खुलेको हो ।

अस्पतालमा उपचार गराइरहेको अवस्थामा पनि नेल बाँधिनु राम्रो नभएको भन्दै त्यसलाई खोल्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए । उनले नेल बाँध्नेलाई कारबाही गर्न समेत निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: