- मिलन तमु
यूके । सहारा युकेको छैटौ कार्यसमिति बैठक तथा दोस्रो सहारा युके सदस्यहरुको बैठक सम्पन्न भएको छ ।
बेलायतको अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा भएको बैठकमा अध्यक्ष कुमार गुरुङले सहारा युकेले गर्दै आएका कार्यक्रमहरुबारे जानकारी दिएका थिए ।
कार्यक्रममा उपाध्यक्ष कुन्साङ गुरुङले स्वागत गरेका थिए । कोषाध्यक्ष शारदा गुरुङले कोषका बारेमा जानकारी दिएका थिए ।
साथै, कार्यक्रममा नवनियुक्त सल्लाहकारहरुलाई खादा लगाएर स्वागत तथा सम्मान गरिएको थियो । सो अवसरमा सल्लाहकार दिलिप गुरुङले भविष्यमा निर्माण गरिने एकेडेमीको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रम महासचिव धनु थकालीले सञ्चालन गरेका थिए ।