गुठी विधेयकविरुद्ध रोकिएन विरोध « Nagarik Khabar

गुठी विधेयकविरुद्ध रोकिएन विरोध



काठमाडौं । सरकारले गुठी विधेयक फिर्ताको घोषणा गरे पनि त्यसको खारेजीको माग गर्दै उपत्यकामा जारी विरोधको कार्यक्रम रोकिएको छैन । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

सरकारले संसद्बाट विधेयक फिर्ताको प्रक्रिया सुरु गरिसकेको जनाएको छ । तर पनि विरोधका कार्यक्रम भने रोकिएका छैनन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले विधेयक फिर्ताको प्रक्रिया अघि बढेको बताएकी छन् ।

मन्त्री अर्यालले विधेयकका सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी विधेयक फिर्ताको प्रक्रिया अगााडि बढाइएको जानकारी दिइन् ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज जोशीले गुठी विधेयकको फिर्तासम्बन्धीे प्रस्ताव राष्ट्रिय सभामा दर्ता भएको पुष्टि गरेका छन् । सरकारले सो विधेयक राष्ट्रिय सभामा दर्ता गराएको थियो । चौतर्फी विरोध र दबाबपछि सरकारले सो विधेयक फिर्ता लिने घोषणा गरेको थियो । प्रवक्ता जोशीले भने, ‘मन्त्रालयले विधेयक फिर्ताको प्रस्ताव शुक्रबार राष्ट्रिय सभामा दर्ता गराइसकेको छ । बाँकी काम संसदीय प्रक्रियामार्फत अगाडि बढ्नेछ ।’ तर, सरोकारवालाले फिर्ता प्रक्रिया अगाडि बढाए पनि यसलाई विश्वास गर्ने आधार नदेखिएकाले खबरदारीका लागि शान्तिपूर्ण विरोधका कार्यक्रम जारी राखेको बताए । विधेयकविरुद्ध उपत्यकामा एकीकृत रूपमा आन्दोलनका कार्यक्रम अगाडि बढाइरहेको राष्ट्रिय पहिचान संयुक्त संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: