काठमााडैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न निकायमा कार्यरत झन्डै तीन सय कर्मचारीको सम्पत्तिमाथि छानबिन सुरु गरेको छ।
अख्तियारले ती कर्मचारीलाई सम्पत्ति विवरण भराउँदै सम्पत्तिको छानबिन थालेको समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
अख्तियार स्रोतका अनुसार कर्मचारीको अस्वभाविक जीवनशैली, स्रोत नखुलेको सम्पत्ति र इन्टिलिजेन्सको सूचनाका आधारमा ती कर्मचारीमाथिको सम्पत्तिमाथि छानबिन थालिएको हो ।