अस्पतालको बेडबाट रेशम चौधरीको यस्तो प्रतिक्रिया « Nagarik Khabar

अस्पतालको बेडबाट रेशम चौधरीको यस्तो प्रतिक्रिया



काठमाडौं । फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीको वीर अस्पताल उपचार भइरहेको छ । प्रहरीले चौधरीको खुट्टामा फलामे साङ्लो लगाएको घटनाको सर्वत्र आलोचना भइरहेको छ ।

नेल प्रकरणबारे चौधरीले दिएको संक्षिप्त प्रतिक्रिया आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

अहिले नेल लगाएको तस्बिर सार्वजनिक भएपछि धेरै चर्चा भएको छ, तर मैले पाएको मानसिक यातनाको कुनै हिसाब छैन । म एउटा नागरिक हुँ र जनप्रतिनिधि हुँ । जनताले जिताएका छन् र सभामुखले शपथ खुवाएका छन् । तर, एउटा जनप्रतिनिधिलाई जेलमा राखिएको छ, नेल लगाइएको छ र दिसा–पिसाब गर्न जाँदा नेल खोलिदेऊ भनेर याचना गर्नुपरेको छ । यो सम्पूर्ण जनप्रतिनिधि र जनताको मतमाथि गरिएको अविश्वास हो ।

मैले प्रहरीका साथीहरूलाई यसो नगर्नुस्, कानुनको सम्मान गर्नुस् भनेको थिएँ । तर, उनीहरूले ‘ह्या १ ठोकिदिऊँ, यो को हो र ? जाबो कैदी त हो’ भनेर नेल लगाए ।  बाबुराम (भट्टराई)जी आउनुभयो, उहाँले तस्बिरसहित ट्विट गरिदिनुभयो । त्यसले एउटा जनमत बनायो । अहिले नेल हटाइएको छ । तर, हाम्रो राज्यको मानसिकता के हो ? सरकार र प्रशासनको अहं के हो भन्ने यसले स्पष्ट पारेको छ । यो विषयमा बोल्ने दायित्व मेरो मात्र होइन, मानवअधिकारको सम्मान गर्ने सबैको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: