ताहिराले तरिका नजान्दा यस्तो आपत « Nagarik Khabar

ताहिराले तरिका नजान्दा यस्तो आपत



एजेन्सी । बलिउड अभिनेता आयुष्मान खुरानाकी पत्नी तथा सेलिब्रिटी ताहिरा कश्यप हालै एक तस्बिरका कारण विवादमा आइन् । विवाद यतिसम्म भयो कि, उक्त तस्बिर सामाजिक संजालबाट हटाएर उनले माफी नै माग्नुपर्यो ।

ताहिरा निजी भ्रमणको क्रममा एक रिसोर्टमा पुगेकी थिइन् । जहाँ उनले गौतम बुद्धको मूर्तिको काखमा बसेर तस्बिर खिचाइन् र इन्स्टाग्राममा पोस्ट गरिन् ।लगत्तै उनको व्यापक आलोचना भयो । सामाजिक संजाल प्रयोगकर्ताहरुले उनको हर्कतप्रति नकारात्मक टिप्पणी गर्न थाले ।

‘ताहिरा जस्तो पढेलेखेको महिलाले त यस्तो निकृष्ट काम गर्न सक्छ भने अनपढबाट कस्तो अपेक्षा गर्ने ?’ जस्ता टिप्पणी उनीमाथि आए। धेरैले उनलाई ‘भगवानको अपमान’, ‘अनैतिक हर्कत’, ‘मुर्खतापूर्ण काम’ गरेको जस्ता प्रतिक्रिया दिएका थिए । चौतर्फी विरोध आउन थालेपछि ताहिराले इन्स्टाबाट फोटो हटाएकी हुन् । उनले माफी समेत मागिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: