मन्थलीमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु « Nagarik Khabar

मन्थलीमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु



रामेछाप । मन्थलीमा भएको एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

नेपाल रेडक्रस सोसाइटी, भीमेश्वर उपशाखा सिन्धुलीको बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स मन्थली–६, कुनौरी भन्ने स्थानमा दुर्घटना भएको हो ।

एम्बुलेन्स सडकदेखि करिब २०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । मृतकको परिचय खुल्न बाँकी छ ।

प्रहरीका अनुसार आइतबार बिहान बिरामी लिन हिडेको एम्बुलेन्स दुर्घटनामा परेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: