एजेन्सी । भारतीय चर्चित अभिनेत्री कटरीना कैफ मेकअप नगरिकन विमास्थल पुगेको तस्बिर अहिले भाइरल भएको छ । उनी मेकअप नगरिकन विमानस्थल पुगेको तस्बिर भाइरल भएको हो । यसअघि करिना कपुरका तस्बिर भाइरल भएका थिए ।
तस्बिरमा कटरिनाले ह्वाइट टिसर्ट र निलो रंगको ज्याकेट लगाएको देख्न सकिन्छ । कालो पाइन्ट र निलो जुत्ता लगाएकी उनले हातमा मोबाइल बोकेकी छन् । नो मेकअप लुक देखिएपछि भारतीय सञ्चार माध्यमले उनको तस्बिरलाई प्राथमिकता दिएका छन् । उनी अहिले रोहित शेट्टीले निर्माण गर्न लागेको चलचित्र सूर्यवंशीको तयारीमा छन् ।