यी सात फिल्म रिजेक्ट गरेर शाहिदले गरे ठूलो गल्ती, उहिल्यै बनिसक्थे सुपरस्टार « Nagarik Khabar

यी सात फिल्म रिजेक्ट गरेर शाहिदले गरे ठूलो गल्ती, उहिल्यै बनिसक्थे सुपरस्टार



एजेन्सी । बलिउड स्टार शाहिर कपूरको हालै रिलीज फिल्म कबिर सिंहले सिनेमाघरमा हंगामा मच्चाइरहेको छ ।

शाहिर एक असामान्य अभिनेता हुन्, यसमा कसैको दुई मत छैन । यसका बाबजुत उनलाई सफल हुन भने निकै पापड बेल्न परिरहेको छ ।

इश्क विश्कबाट बलिउडमा इन्ट्री गरेका शाहिदले थुप्रै हिट फिल्ममा काम गरे । तर पनि उनी सोचे जति सफल हुन सकेका छैनन् ।

यसको मूख्य कारण हो उनका केही निर्णय । तपाईंलाई विश्वास नलाग्न सक्छ, शाहिदले केही यस्ता फिल्म रिजेक्ट गरेका छन् कि, जुन फिल्ममार्फत उनी सुपरस्टार बन्न सक्ने थिए । शाहिरदे रिजेक्ट गरेका फिल्महरुः

रंग दे बसन्ती

आमिर खान स्टारर यस फिल्मलाई शाहिदले रिजेक्ट गर्नु नै शाहिदको करियरको सबैभन्दा ठूलो भुल थियो । यसमा शाहिद लीड रोलमा थिएनन् । आमिरपछि अर्को क्यारेक्टरको भूमिकामा शाहिदलाई चयन गरिएको थियो । पछि शाहिदले एक अन्तर्वार्ताको क्रममा भनेका छन्, ‘यो फिल्म रिजेक्ट गरेपछि मलाई निकै दुख लाग्यो ।’

रकस्टार

रणबीर कपूरलाई रातारात सक्केस बनाउने यस फिल्मको लागि पहिले शाहिदलाई अपर आएको थियो । तर उनले इम्तियाज अलीको फिल्म जब वी मेटलाई छनोट गरे ।

रान्झणा

साउथ स्टार धनुष यस फिल्ममार्फत बलिउडमा धमाकेदार डेब्यू गर्न सफल रहे । तर धनुषभन्दा अघि यस फिल्ममा पनि शाहिदलाई अफर आएको थियो । यसलाई पनि शाहिदले रिजेक्ट गरिदिए ।

ब्याङ ब्याङ

रितिक रोशनभन्दा पहिला शाहिदलाई यस फिल्ममा अफर गरिएको थियो । तर शाहिदको ठाउँमा रितिकको इन्ट्री भयो ।

वन्स अपन अ टाइम इन मुम्बई दोबारा

अक्षय कुमार स्टारर यस फिल्ममा शाहिदलाई इमरान खानको भूमिकामा प्रस्ताव गरिएको थियो ।

शुद्ध देसी रोमान्स

परिणीति चोपडा र सुशान्त सिंह राजपूतको यस फिल्मको लागि पनि पहिला शाहिदलाई अफर गरिएको थियो । शाहिदले यस फिल्म रिजेक्ट गरिदिएका थिए ।

राजनीति

प्रकाश झाको निर्देशनमा बनेको यस फिल्ममा रणबीर कपूरको स्थानमा शाहिदलाई अप्रोच गरिएको थियो । तर यसमा पनि उनले काम गरेनन् ।

शाहिदका यी गल्तीले उनको करियरमा केही नोक्सान पुग्न गएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: