धरानमा डेंगु नियन्त्रण उन्मुख भएको दावी « Nagarik Khabar

धरानमा डेंगु नियन्त्रण उन्मुख भएको दावी



  • भैरब आङ्ला

सुनसरी । धरानमा गएको बैशाख ३१ गते देखि देखिएको डेंगु नियन्त्रण उन्मुख भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले धरानमा नियन्त्रण बाहिर गएर महामारीकोरुपमा देखा परेको डेंगु पछिल्लो समयमा आएर नियन्त्रण उन्मुख भएको दावी गरेका छन् ।

बैशाख ३१ गते पछि धरानमा दैनिक बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सयको हाराहारीमा र धरानमा रहेको अर्काै निजि अस्पताल विजयपुर अस्पतालमा ४०,५० जनाको हाराहारीमा डेंगु संक्रमित विरामीहरु अस्पताल पुग्ने गरेका थिए ।

तर अहिले त्यो दर घटेर बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दैनिक ४/५ जनाको संख्यामा मात्रै संक्रमित उपचारका लागि पुग्ने गरेका छन् । यसले गर्दा पनि डेंगु संक्रमितहरुको संख्या घटनुले पनि धरानमा डेंगु नियन्त्रण उन्मुख भएको दावी गरिएको छ ।

विचमा ७ सय भन्दा बढी डेंगु संक्रमितहरुको संख्या पुगेको बेलामा धरानमा डेंगु नियन्त्रणका लागि थुप्रै पहल कदमीहरु गरिएको र संघिय र प्रदेश सरकारलाई समेत सहयोग मागिएको थियो ।

एक हप्ता अघि देखि डेंगु नियन्त्रणका लागि निकै सक्रिय भएर धरान उपमहानगरपालिका, नगरबासी, टोलविकास संस्थाका पदाधिकारी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरु लागि परेकोले डेंगु नियन्त्रण उन्मुख भएको स्वास्थ्य शाखा प्रमुख यादवले बताए ।

अहिले पनि धरानमा डेंगु नियन्त्रणका लागि घरदैलो अभियान गरेर डेंगुको लार्भा नष्ट गरिदै छ भने धुवा लगाउने फगिङ गर्ने कार्य जारी रहेको छ । यसैगरी डेंगु सम्वन्धी जनचेतना कार्यक्रम पनि जारी रहेको छ ।

धरानमा जव सम्म डेंगु संक्रमितहरुको संख्या सुन्यमा झर्देन तव सम्म डेंगु नियन्त्रण अभियान जारी रहने धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबावु यादवले बताए । धरानमा लामखुट्टे नियन्त्रणको प्रयास हुदा हुदै पनि टाईगर मस्किटो बढेकोले धरान नगरबासी सचेत र सजग हुन अनुरोध गरिएको छ । डेंगुको पुर्ण नियन्त्रणमा सवैलाई जुट्टन आवहान पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: