बस पल्टिँदा १७ घाइते, पाँचको अवस्था गम्भीर « Nagarik Khabar

बस पल्टिँदा १७ घाइते, पाँचको अवस्था गम्भीर



राजापुर । काठमाडौंबाट बझाङ जाँदै गरेको बस बारबर्दिया नगरपालिका–७ रम्भापुरमा पल्टिँदा १७ यात्रु घाइते भएका छन् ।

बझाङ जाँदै गरेको ना४ख १३३९ नम्बरको बस आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारबर्दिया नगरपालिका–७ रम्भापुरमा दुर्घटना भएको हो ।

घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको छ ।

अन्य १२ घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: