जात्रै जात्रामा जोखिम मोलेर यसरी गरिएको थियो ‘स्कुबा डाइभिङ’ (फोटोफिचर) « Nagarik Khabar

जात्रै जात्रामा जोखिम मोलेर यसरी गरिएको थियो ‘स्कुबा डाइभिङ’ (फोटोफिचर)



काठमाडौं । प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र जात्रै जात्रा ३८ औं दिनमा हलहरुमा प्रदर्शन भइरहेको छ ।

चलचित्रलाई दर्शकहरुले निकै रुचाएका छन् । उनले यसअघि निर्देशन गरेको चलचित्र जात्राको सीक्वेलको रुपमा जात्रै जात्रा आएको हो ।

चलचित्रको अन्त्यमा फेवातालमा कलाकारहरु डुबेको दृश्य छ । अक्सिजनसहित चलचित्रका केही कलाकारहरु पानीमा डुबेको देख्न सकिन्छ । यो काम गर्न सहज भने छैन ।

यसैबीच, निर्देशक भट्टराईले उक्त दृश्य खिच्नुअघि कलाकारहरुले तालिम लिएको बताएका छन् । उनका अनुसार तालिम भने एक स्विमिङ पुलमा गरिएको थियो ।

चलचित्र राम्रो बनाउनको लागि आफ्नो ज्यान जोखिममा राख्ने कलाकार, प्राविधिकहरुप्रति उनले आभार प्रकट गरेका छन् ।

सामाजिक सञ्जालमा तस्विर शेयर गर्दै उनले लेखेका छन्, 

जात्रै जात्राको क्लाइमेक्स खिच्नु अघि कलाकारहरुले लिनुभएको तालिम हो,यो तालिम चै स्वीमिङ पुलमा गरेका थियौ । नेपाली चलचित्रमा पहिलो पटक Scuba diving गरिएको हो ।चलचित्र राम्रो बनाउन आफ्नो ज्यान जोखिममा राखी काम गर्ने कलाकार प्राबिधिक र नेपालमा scuba diving भित्राउने एक मात्र ब्यक्ती Vivek Sen Gurung प्रती म र मेरो टीम हार्दिक अभार प्रकट गर्दछौ ।जात्रैजात्राको ३८औ दिन हेर्नुहोला है मज्जा आउनेछ

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: