जित्नै पर्ने दबाबमा पाकिस्तान र दक्षिण अफ्रिका « Nagarik Khabar

जित्नै पर्ने दबाबमा पाकिस्तान र दक्षिण अफ्रिका



लण्डन । एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत आजको खेलमा पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै छन् । प्रतियोगितामा यी दुबै टोलीले उस्तै यात्रा तय गरेका छन् । सुरुवाती खेलमा नियमित पराजय बेहोर्दा यी दुबै टोली सेमिफाइनल प्रवेशको प्रतिस्पर्धामा निक्कै पछि परेका छन् ।

अहिलेसम्म प्रतियोगितामा ६ खेल खेलिसकेको दक्षिण अफ्रिका र पाँच खेल खेलेको पाकिस्तान दुबैको समान तीन÷तीन अंक छ । अंकतालिकामा दक्षिण अफ्रिका आठौं र पाकिस्तान नवौं स्थानमा छन् । त्यसैले यी दुबै टोलीलाई सेमिफाइनल चरणमा स्थान सुरक्षित गर्न आफ्नो बाँकी खेलमा जित हात पारेर मात्रै पुग्ने छैन ।

अन्य टोलीको खेलमा समेत निर्भर रहनु पर्ने छ । यो खेलमा पराजय बेहोरेको अवस्थामा दुबै टोलीको सम्भावना समाप्त हुने छ । त्यसैले यो खेलमा दुबै टोलीलाई कुनै पनि अवस्थामा जित अत्यावश्यक छ ।

विश्वकप इतिहासमा यसअघि भएको खेलको नतिजाको आधारमा भने दक्षिण अफ्रिका बलियो देखिएको छ । विश्वकप क्रिकेटमा यी दुई टोलीले यसअघि चारपटक प्रतिस्पर्धा गर्दा तीन पटक दक्षिण अफ्रिकाले जित हात पारेको छ । मात्रै एकपटक पाकिस्तानले जित हात पारेको छ ।

यसपटकको भेटमा यी दुई टोलीबीचको हेड टु हेड नतिजामा मात्रै परिवर्तन हुने छैन, प्रतियोगितामा यी दुई टोलीको भविश्य पनि निर्धारण हुने छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: