चीनको सिचुआनमा भूकम्प, १९ जना घाइते « Nagarik Khabar

चीनको सिचुआनमा भूकम्प, १९ जना घाइते



एजेन्सी । चीनको दक्षिणी क्षेत्रमा आएको भूकम्पका कारण कम्तीमा १९ जना घाइते भएका छन् ।

सिचुवान प्रान्तको क्वाङ्सिन क्षेत्रमा शनिबार ५.४ म्याग्नीच्युडको भूकम्प आएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

घाइतेहरु सबैलाई उपचारका लागि तत्कालै नजिकैका अस्पतालहरुमा लगिएको छ । घाइतेहरु सबैको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार शनिबार राति १०.२९ बजेतिर भूकम्प आएको चिनियाँ भूगर्भ केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: