प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ « Nagarik Khabar

प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना प्रहरी सहायक निरीक्षकलाई घुससहित नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

अख्तियारले प्रहरी चौकी भोक्राहा सुनसरीका प्रहरी सहायक निरीक्षक पदम बहादुर कटुवाललाई सेवाग्राहीसँग लिएको ७ हजार घुससहित नियन्त्रणमा लिइएको जनाएको छ । उनले वन मन्त्रालयबाट पक्रउ पुर्जी आएको तर आफूले यतै मिलाइदिने भन्दै घुस मागेको अख्तियारको भनाइ छ ।

‘सेवाग्राहीलाई वन मन्त्रालयबाट पक्राउ पुर्जी आएको छ यहीँ मिलाईदिन्छु भन्दै विभिन्न बहाना बनाई घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज प्रहरी सहायक निरीक्षक पदम बहादुर कटुवाललाई सेवाग्राहीसँग रू. ७,०००।– (अक्षरुपी सात हजार ) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित निजकै कार्यालय परिसरबाट मिति २०७६।०३।०७ गते रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।’

“>

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: