निर्धारित समयमै १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता : विष्ट « Nagarik Khabar

निर्धारित समयमै १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता : विष्ट



काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा नै हुने बताएका छन् ।

आइतबार काठमाडौंमा भएको कार्यक्रममा उनले आगामी डिसेम्बर एक देखि १३ औँ दक्षिण एसियाली खेलकुल प्रतियोगिता सुरु हुने जानकारी दिए । ‘डिसेम्बरमा पनि नेपालले प्रतियोगिता गर्न नसके आयोजनाको जिम्मेवारी नै गुमाउनुपर्ने भयो,’ उनले भने, ‘त्यसो भए राष्ट्रघात हुन्छ, सम्पूर्ण शक्ति प्रयोग गरी प्रतियोगिता सम्पन्न गर्न लागिपरेका छौं ।’

सदस्य सचिव विष्टले प्रतियोगिताका लागि आवश्यक सबै भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेकाले भदौसम्ममा सम्पूर्ण संरचना निर्माणको काम सम्पन्न हुने दाबी गरे । विगतमा पटक–पटक मिति सार्नु परेको विषयलाई लिएर प्रतियोगिताप्रति नै शंका आशंका नगर्न पनि आग्रह गरे ।

नेपाल क्रिकेट संघ (क्यान)मा देखिएको विवाद लामो समयसम्म जारी रहेकोमा असन्तुष्ट व्यक्त गर्दै उनले समस्या समाधान नभए शक्तिशाली नेपाल क्रिकेट बोर्ड गठन गरी क्रिकेटको विकासलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: