बहस नसकिएपछि लोक सेवाको विज्ञापनसम्बन्धी सुनुवाइ बुधबारका लागि सर्‍यो « Nagarik Khabar

बहस नसकिएपछि लोक सेवाको विज्ञापनसम्बन्धी सुनुवाइ बुधबारका लागि सर्‍यो



काठमाडौं । लोक सेवा अयोगले स्थानीय तहमा कर्मचारी माग गर्दै आह्वान गरेको विज्ञापनको विरुद्ध परेको रिटको सुनुवाइ बुधबारका लागि सरेको छ । सर्वाेच्चमा उक्त रिटमाथिको बहस आइतबार नसकिएकाले सुनुवाइ बुधबारका लागि सरेको हो ।

साे रिटमा आइतबार बहस भएको थियो । तर, रिट निवेदककै पक्षको बहस पनि नसकिएकाले सुनुवाइ सरेको हो । लोक सेवाको विज्ञापनका सम्बन्धमा सर्वाेच्च अदालतमा ४ वटा रिट परेका छन् ।

सर्वाेच्चमा ती चारै वटा रिटलाई एकै ठाउँमा राखेर न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: