आईसीसीको कार्बाहीमा कोहली « Nagarik Khabar

आईसीसीको कार्बाहीमा कोहली



लण्डन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय क्रिकेट कप्तान विराट कोहलीलाई कार्बाही गरेको छ । अफगानिस्तानविरुद्धको खेलमा अनावश्यक ‘अपिल’ गरेको कारणसहित आईसीसीले कोहलीमाथि कार्बाहीको निर्णय गरेको हो ।

कोहलीले आईसीसीको कार्बाहीको निर्णय स्विकार गरेको जनाइएको छ । यससँगै उनीमाथिको कार्बाहीमा थप सुनुवाई हुने छैन । आईसीसीले उनलाई एक ‘डिमेरिट प्वाइन्ट’को कार्बाही गरेको हो ।

यससँगै उनको नाममा पछिल्लो दुई डिमेरिट प्वाइन्ट्स भएको छ । आईसीसीको नियमअनुसार २४ महिनाभित्र चार वा त्योभन्दा बढी डिमेरिट प्वाइन्ट्स भएको अवस्थामा सो खेलाडी कम्तिमा एक खेलका लागि निलम्बनमा पर्ने छ । 

कोहलीले यसअघि दक्षिण अफ्रिकाविरुद्ध भएको टेस्ट खेलको क्रममा सो डिमेरिट प्वाइन्ट पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: