काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले बिभिन्न समयमा अवकाश प्राप्त पूर्वकर्मचारीहरूको बिदाइ गरेको छ ।
संघले आइतबार विशेष कार्यक्रमको आयोजना गरी उनीहरूको बिदाइ गरेको हो । संघले २०७४ साल कात्तिकदेखि हालसम्म अनिवार्य अवकाश पाएका ३९ कर्मचारीलाई सम्मान तथा बिदाइ गरेको जनाएको छ ।
कर्मचारीहरूलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले प्रशंसा पत्र प्रदान गर्दै बिदाइ गरेका थिए ।